८ चैत्र २०८२, आइतबार | March 22, 2026

विप्लव नेकपाका दुई नेता नख्खुबाट पक्राउ, विना शर्त रिहा गर्न माग



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका दुई वरिष्ठ नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपाको केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र अर्थविभाग सदस्य सञ्जीवन नेपाल (सुवर्ण) ललितपुरको नख्खुबाट पक्राउ परेका हुन् । चन्दा उठाउने काममा सक्रिय रहेको अवस्थामा उनीहरुलाई पक्रउा गरेको प्रहरीले जनाएको छ ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले वक्तव्य प्रकाशित गरी आफ्ना दुई नेताहरुलाई प्रहरीले ‘आपराधिक र अपहरणकारी शैलीमा’ पक्राउ गरेको पुष्टि गर्दैै तत्काल विनाशर्त रिहा गर्न माग गरेका छन् ।

पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील नेताहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी विश्वकर्माले गरेका छन् ।

नख्खु क्षेत्रका व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई प्रहरीले गत शुक्रबार दिउँसो पक्राउ गरेको थियो । आफ्ना नेताहरुको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको प्रवक्ता विश्वकर्माले जिकिर गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।’

 

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ३६ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु