७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्वमा कोरोना संक्रमणबाट एकैदिन सात हजार ३ सय ७५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट सात हजार ३७५ जना संक्रमितले मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज ९सोमबार० बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३६ प्रतिशत हो । हालसम्म विश्वभर पाँच करोड ८९ लाख ६७ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये ६९.११ प्रतिशत अर्थात् चार करोड सात लाख ५५ हजार ३६१ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड ६८ लाख १८ हजार ९४० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ दुई लाख ६२ हजार ६९४ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप ८६४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६९ हजार १९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३३ हजार ७७३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ३७३, बेलायतमा ५५ हजार २४, इटलीमा ४९ हजार ८२३, फ्रान्समा ४८ हजार ७३२, स्पेनमा ४२ हजार ६१९, इरानमा ४४ हजार ८०२, पेरूमा ३५ हजार ५९५, अर्जेन्टिनामा ३७ हजार, कोलम्बियामा ३५ हजार २८७ तथा रसियामा ३६ हजार १७९ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ४४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज