१६ बैशाख २०८१, आइतबार | April 28, 2024

विश्वभर हालसम्म ४ करोड ४४ लाखले जिते कोरोना



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म संसारभरका ४ करोड ४४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४४ लाख २४ हजार ६० जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख ८५ हजार ७०९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६ करोड ४१ लाख ७२ हजार २२४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ७६ हजार ९६९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ४१ लाख ६ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ८० हजार ५१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ६०४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०० जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ४५६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६३ लाख ८८ हजार ५२६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७३ हजार ८६२ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : १६ बजे

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क