२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देहीमा ४८ घण्टाका बीच श्रोत नखुलेको ४० लाख रकम सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले धमाधम श्रोत नखुलेको रकम बरामद गर्न थालेको छ । श्रोत नखुलुको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाईपक्राउ गरेको पर्सीपल्ट श्रोत नखुलेको साढे १६ लाखसहित फेरि १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शनिबार दिउँसो सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनिया पक्राउ परेका हुन् ।

प्रहरीको नियमित चेकचाँजका क्रममा बनियालाई लु ३९ प ४४५७ नम्बरको स्कुरसहित एक हजार दरका १०३५ नोट तथा ५०० सयदरका १२३० नोट गरी जम्मा १६ लाख ५० हजार श्रोत नखुलेको रकम बरामद गरेको हो । भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका बनियाले सो रकम बराबरको श्रोत खुलाउन नसेकेपछि प्रहरीले अनुसन्धनका लागि पक्राउ राजश्व अनुसन्धान कार्यालयमा चलान गरेको जनाएको छ । प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ ।

अस्ती १९ गते पनि प्रहरीले सोही स्थानबाट भारतको सुनौलीबाट भैरहवा तर्फ आउंदै गरेका प्रमोद गुप्तको साथबाट श्रोत नखुलेको २४ लाख बरामद गरि राजश्व कार्यालय चलान गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ४४ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा