५ श्रावण २०८३, मंगलबार | July 22, 2026

रुपन्देहीमा ४८ घण्टाका बीच श्रोत नखुलेको ४० लाख रकम सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले धमाधम श्रोत नखुलेको रकम बरामद गर्न थालेको छ । श्रोत नखुलुको २४ लाख रकम सहित रुपन्देहीको सम्मरीमाईका प्रमोद गुप्तालाईपक्राउ गरेको पर्सीपल्ट श्रोत नखुलेको साढे १६ लाखसहित फेरि १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शनिबार दिउँसो सिद्धार्थनगर नगरपालिका–६ का २१ वर्षीय श्याम कुमार बनिया पक्राउ परेका हुन् ।

प्रहरीको नियमित चेकचाँजका क्रममा बनियालाई लु ३९ प ४४५७ नम्बरको स्कुरसहित एक हजार दरका १०३५ नोट तथा ५०० सयदरका १२३० नोट गरी जम्मा १६ लाख ५० हजार श्रोत नखुलेको रकम बरामद गरेको हो । भैरहवा बसपार्क नजिकै शान्तिनगर टोलबाट पक्राउ परेका बनियाले सो रकम बराबरको श्रोत खुलाउन नसेकेपछि प्रहरीले अनुसन्धनका लागि पक्राउ राजश्व अनुसन्धान कार्यालयमा चलान गरेको जनाएको छ । प्रहरीले श्याम कुमारबाट २ वटा आइएमी नम्बर, १ थान मोबाइल समेत बरामद गरेको छ ।

अस्ती १९ गते पनि प्रहरीले सोही स्थानबाट भारतको सुनौलीबाट भैरहवा तर्फ आउंदै गरेका प्रमोद गुप्तको साथबाट श्रोत नखुलेको २४ लाख बरामद गरि राजश्व कार्यालय चलान गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं