२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने



काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शोक–प्रस्ताव पारित गरेर बैठक स्थगित भएको बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावस्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले जनाए ।

उनले भने ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको दुखद निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त ग¥यो । नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेर देखिनै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदान्जली ग-यो र शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त ग-यो ।’

आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडिमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गरेका छन् ।

आजको बैठकमा यस अघि दुई अध्यक्षले प्रस्तुत गरेका १९ र ३८ पाने प्रस्ताव एवं विभिन्न पत्राचारका विषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने कार्यसूचि थियो । तर, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पास गर्दै बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : ५६ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र