१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते बस्ने



काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शोक–प्रस्ताव पारित गरेर बैठक स्थगित भएको बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावस्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले जनाए ।

उनले भने ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको दुखद निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त ग¥यो । नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेर देखिनै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदान्जली ग-यो र शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त ग-यो ।’

आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडिमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गरेका छन् ।

आजको बैठकमा यस अघि दुई अध्यक्षले प्रस्तुत गरेका १९ र ३८ पाने प्रस्ताव एवं विभिन्न पत्राचारका विषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने कार्यसूचि थियो । तर, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पास गर्दै बैठक स्थगित गरिएको हो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १ : ५६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।