५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भन्सार छली नेपाल भित्रिएका सामान बरामद गर्दा किन पक्राउ पर्दैनन् तस्करहरु ? यस्तो छ कारण



बुटवल । चोरी पैठारीको माध्यमबाट नेपाल भित्र्याइएका अवैध सामानहरुमा प्रहरी सेटिङको एउटा नमुना रुपन्देहीमा भेटिएको छ ।

प्रहरीले पुस १ मा पक्राउ गरेको भनिएको सामानको मुल्यांकन दरले सेटिङको आशंकालाई बल पु-याएको छ ।

सिमामा ड्युटी परेका प्रहरी र भन्सार कर्मचारीको सेटिङमा समान बरामद गरेको देखाउने तर सामानवाला भगाउने गर्ने गरिएको आरोप नयाँ भने होइन । भन्सार छली नेपाल भित्रिएका सामान बरामद गर्दा प्रहरीले सामान वालालाई आफै भगाउने र अत्यन्त कम मुल्यांकन गरी भन्सारमा बुझाई लिलामीमा चढाई पुनः तिनै तस्करलाई बेच्ने गरेको भनाइलाई पुष्टि हुने गरी बरामद सामानको मुल्यांकन गरेको पाइएको छ ।

प्रहरी आफैले पठाएको विवरणमा बरामद गरिएको भनिएको सामानको मुल्यांकनको दरले सेटिङको सम्भावनालाई पुष्टि गरेको हो ।

पुस १ गते सांझ राति १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १ शान्तिनगर चौपारीस्थित दिनानाथ खनालको घरबाट प्रहरीले ठुलो परिमाणको अवैध सामान बरामद गरेको प्रहरी आफै जानकारी दिएको छ । बरामद भएका सामान शर्माको घरमा भाडामा बस्दै आएका रहमद खानको भएको पनि प्रहरीले बताएको छ। तर रहमद खानलाई फरार देखाएर भन्सार बुझाइएको भनिएको सामानको मुल्यांकन भने बजार मूल्य भन्दा धेरै गुणा सस्तो देखाइएको छ ।

समान्यतया बजारमा ९ सयदेखि हजारमा थोक मुल्यमा पाइने कुर्ता सुरवाल सेटलाई प्रहरीले ३ सय रुपैयाँ मात्र मुल्यांकन गरेको छ भने थोक बजारमा १ हजार देखि १ हजार २ सय थोक मूल्य पर्ने उलन टप्सलाई ४ सय रुपैयाँ मुल्यांकन गरिएको छ ।

प्रहरीले गरेको मुल्यांकनमा बजारमा थोक मूल्य ४ सय पर्ने पातलो टप्सलाई १ सय रुपैयाँ, बजारमा थोक १ हजार ५ सय पर्ने उलन कुर्तासुरुवाललाई ६ सय रुपैयाँ तथा बजारमा थोक १ हजार ३ सयदेखि १ हजार ५ सयसम्म पर्ने बाक्लो कुर्तासुवाललाई ५ सय रुपैयाँ मुल्यांकन गरी भन्सार बझाएको छ ।

सामान्यतया प्रहरीलाई लाग्ने गरेको यस्तो आरोपलाई प्रहरीले भने स्वीकार गर्न तयार देखिँदैन । प्रहरीले बरामद सामान भन्सारमा बुझाएपछि आफ्नो जिम्मेवारी पुरा हुने बताउँदै आएको छ ।

पुस १ मा तिलोत्तमाबाट बरामद गरेको सामानको विषयमा पनि रुपन्देही प्रहरीको भनाइ उस्तै छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरीक्षक सत्यनारायण थापाले बरामद सामान भन्सार बुझाएपछि प्रहरीको जिम्मेवारी पुरा हुने बताए । थापाका अनुसार प्रहरीले स्थानीय उद्योग वाणिज्य संघले तोकिदिएको मूल्यका आधारमा प्रहरीले मुल्यांकन गर्ने गरेको पनि बताए । प्रायस् प्रहरीले सामान बरामद गर्छ तर तस्कर किन फरार हुन्छ भनेर प्रश्न गर्दा थापाले भने, ‘सकेसम्म त समात्न खोज्छौं, तर प्रहरी देखेपछि तस्करहरु समान छाडेर भाग्छन् ।’

प्रहरीले बजार मूल्यका विषयमा बेलाबखत दररेट माग्ने गरेको बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल श्रेष्ठले बताए । प्रहरीसहित सरकारी कार्यालयहरुले सामानका विवरण खोली दररेट माग्ने गरेको र संघले दररेट दिने गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

ब्यसायीक संघसंस्थाहरुमा विशेष गरी सिमावर्ती बजारका संघहरुले पछि सस्तो मूल्यमा लिलाम सकार गर्न सकियोस भन्ने उद्देश्यले जानाजान सस्तो मुल्य दिने गरेको सिद्धार्थनगर उद्योग वाणिज्य संघ स्रोतले भन्यो ।

सामान ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्दा पक्राउ परेका व्यक्ति उपर मुद्दा चल्ने मुद्दा फरफारक नहुँदासम्म ती व्यक्तिलाई थुनामा राख्ने, खुवाउने बसाल्ने पिरलोले पनि प्रहरीले सामान बरामद गरी व्यक्ति भगाउने गरेको उक्त श्रोतले दाबी ग-यो ।

प्रहरीले यसरी कम मुल्यांकन गर्दा एकातिर राज्यको राजश्व गुमेको छ भने अर्कोतिर तस्करहरुको मनोबल पनि बढ्ने गरेको छ ।

भन्सार छली भित्रिएका मालवस्तुको यथार्थ मुल्यांकनको आधार खोजी राज्यको राजश्वमा वृद्दि गर्ने र चोरी पैठारी नियन्त्रणमा राज्यका अङ्गलाई ईमान्दार बनाउनेतर्फ राज्यको ध्यान कहिले जाला ?

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ३१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं