१ पुस २०८२, मंगलबार | December 16, 2025

राष्ट्रपतिले संसद विघटन गर्नुपूर्व प्रधानमन्त्री विरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता (पत्रसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको तथ्य बाहिर आएको छ ।

संसद सचिवालयका अनुसार दर्ता नम्बर १ रहेको सो प्रस्तावमा ९० सांसदले हस्ताक्षर गरेका छन्। सो पत्र राष्ट्रपतिले संसद विघटन गर्नुभन्दा अगाडि नै संसद सचिवालयमा दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीले संसद विघटन गर्ने निर्णय सुनाए लगत्तै नेकपाका सांसदहरुले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बताए।

संसदको कुल सदस्यसंख्याका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ४ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज