१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु, प्रचण्ड–नेपाललाई कारवाही गर्दै, केन्द्रीय कमिटीमा बहुमत पु-याउने प्रयास



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुग्दै गर्दा पार्टीमा आज दुई अलगअलग समुहका बैठक बस्दैछन् ।

४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा अहिलेसम्म स्पष्ट रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरुको वर्चस्व रहेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट केन्द्रीय सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको ओली समुहको केन्द्रीय कमिटी बैठकमा बढी भन्दा बढी सदस्यहरु तान्ने प्रयास हुँदा केही समय ढिला भएको थियो । ओली समुहको बैठकमा पूर्व माओवादीका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा सहभागी भएका छन् ।

नयाँ पार्टी बनाउन या पुरानै पार्टीको नाम र चुनाव चिन्हमा दाबी गर्नका लागि पार्टीमा ४० प्रतिशत केन्द्रीय सदस्यहरु र संसदीय दलमा ४० प्रतिशत सांसदको अनिवार्य आवश्यकता पर्दछ । ओलीले संसद विघटन गरेका कारण अहिले पार्टीको ४० प्रतिशत सदस्य पुर्याउने प्रयास भैरहेको उनी निकट नेताले बताएका छन् । यसका लागि ओली समुहले प्रचण्ड–नेपाल लगायत कैयौं केन्द्रीय सदस्यलाई कारवाही गर्दै त्यसस्थानमा नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरिरहेको छ ।

बैठकमा बहुमत केन्द्रीय सदस्यहरु देखाएर उनीहरुको उपस्थितिमा बस्ने केन्द्रीय कमिटी बैठकको निर्णय निर्वाचन आयोगमा पुर्याउने तयारी भैरहेको बुझिएको छ । तर यसअघि नै निर्वाचन आयोगमा पुरानो मितिमा प्रचण्ड–नेपालहरुलाई कारवाही गरेर बहुमत केन्द्रीय सदस्यको नामावली पुर्याइसकिएको ओली निकट संचारमाध्यमहरुले सार्वजनिक गरिसकेका छन् ।

बैठकले कारवाहीको औपचारिक निर्णय गरेर निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गर्ने बुझिएको छ ।

उता २ दिन अघि नै अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरिसकेको प्रचण्ड–माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले स्थायी कमिटी बैठकले गरेको ओलीलाई कारवाहीको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ०७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना