८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु, प्रचण्ड–नेपाललाई कारवाही गर्दै, केन्द्रीय कमिटीमा बहुमत पु-याउने प्रयास



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुग्दै गर्दा पार्टीमा आज दुई अलगअलग समुहका बैठक बस्दैछन् ।

४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा अहिलेसम्म स्पष्ट रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट नेताहरुको वर्चस्व रहेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट केन्द्रीय सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको ओली समुहको केन्द्रीय कमिटी बैठकमा बढी भन्दा बढी सदस्यहरु तान्ने प्रयास हुँदा केही समय ढिला भएको थियो । ओली समुहको बैठकमा पूर्व माओवादीका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा सहभागी भएका छन् ।

नयाँ पार्टी बनाउन या पुरानै पार्टीको नाम र चुनाव चिन्हमा दाबी गर्नका लागि पार्टीमा ४० प्रतिशत केन्द्रीय सदस्यहरु र संसदीय दलमा ४० प्रतिशत सांसदको अनिवार्य आवश्यकता पर्दछ । ओलीले संसद विघटन गरेका कारण अहिले पार्टीको ४० प्रतिशत सदस्य पुर्याउने प्रयास भैरहेको उनी निकट नेताले बताएका छन् । यसका लागि ओली समुहले प्रचण्ड–नेपाल लगायत कैयौं केन्द्रीय सदस्यलाई कारवाही गर्दै त्यसस्थानमा नयाँ केन्द्रीय सदस्य थप्ने तयारी गरिरहेको छ ।

बैठकमा बहुमत केन्द्रीय सदस्यहरु देखाएर उनीहरुको उपस्थितिमा बस्ने केन्द्रीय कमिटी बैठकको निर्णय निर्वाचन आयोगमा पुर्याउने तयारी भैरहेको बुझिएको छ । तर यसअघि नै निर्वाचन आयोगमा पुरानो मितिमा प्रचण्ड–नेपालहरुलाई कारवाही गरेर बहुमत केन्द्रीय सदस्यको नामावली पुर्याइसकिएको ओली निकट संचारमाध्यमहरुले सार्वजनिक गरिसकेका छन् ।

बैठकले कारवाहीको औपचारिक निर्णय गरेर निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गर्ने बुझिएको छ ।

उता २ दिन अघि नै अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गरिसकेको प्रचण्ड–माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले स्थायी कमिटी बैठकले गरेको ओलीलाई कारवाहीको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : ०७ बजे

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा