५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रचण्ड–नेपाल पक्षीय नेकपा नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय सदस्य र सांसदहरुले निर्वाचन आयोग पुगेर आफुहरु नै बैधानिक नेकपा भएको दाबी पेश गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भेला भएर केहीबेर धर्नामा बसेका नेताहरु थापाथली, त्रिपुरेश्वर, सुन्धरा, जमल हुँदै कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा ‘संसद विघटन मान्दैनौं अरु कुरा जान्दैनौं’, ‘हामी यहाँ छौं’ जस्ता नारा लगाएका थिए ।

धर्ना र जुलुसको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सबै केन्द्रीय सदस्य र सांसदहरुले आयोग पुगेर आफ्नो वैधतालाई तलमाथि नगर्न आयोगलाई सचेत बनाए ।

आयोगका प्रमुख आयुक्तहरुसहितको छलफलमा आयोगका पदाधिकारीहरुसँग  अध्यक्षद्वय र वरिष्ठ नेताहरु सहभागी भएका थिए ।

प्रचण्ड र नेपाल आजै बहुमत सांसदहरुको उपस्थितिसहित सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ। प्रचण्ड नेपाल पक्षले आजै दिउँसो २ बजे कार्की पार्टी प्यालेस बबरमहलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ५९ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर