२२ मंसिर २०८२, सोमबार | December 8, 2025

अदालतलाई धम्क्याएर बोल्दैनौं, न यता न उता : सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा आफुहरु नबोल्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले भक्तपुरमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सापति देउवाले संसद विघटनबारे अदालतको जस्तोसुकी निर्णय आएपनि मान्ने बताएका हुन् ।

देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएका कारण आफुहरुले अहिले पुनस्र्थापनाको पक्ष या विपक्षमा नबोल्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने त होइन।’

सभापति देउवाले अदालतप्रति भरोसा रहेको भन्दै सरकारले बदमासी गरेपनि अन्तिम न्याय दिने निकाय अदालत भएका कारण न्यायालयबाट जे निर्णय आउँछ त्यो मान्ने बताएका हुन् । काँग्रेसले जहिले पनि स्वतन्त्र न्यायालयलाई सम्मान गर्दै आएको उनले बताए ।

तर, सभापति देउवाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक एवं अलोकतान्त्रिक भएको बताए । संसद विघटन र यसपछिको अवस्थाबारे पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले टुंगो लगाउने उनले बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ०० बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन