१६ माघ २०८२, शुक्रबार | January 30, 2026

‘प्रचण्ड’ र ‘पुष्पकमल दाहाल’ फरक-फरक हुन् : प्रविधिमन्त्री श्रेष्ठ



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ताजा जनादेशका लागि जनतामा जाने कदम कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरेका छन् ।

नेकपा काठमाडौं, ओली पक्षले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल र प्रचण्ड फरक-फरक भएको दाबी गरे । नेकपा एमालेसँग एकता गर्दा पुष्पकमल दाहाल भएका उनी फेरि प्रचण्डको रुपमा गलत रूप लिएको दाबी उनले गरे ।

सडकमा पुष्पकमल दाहाल प्रचण्डले छातीमा सूर्य टाँसेर हिँड्दैमा उनीहरुले चिन्ह र आधिकारिकता नपाउने भन्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह दिएमात्रै प्रचण्डले पुष्पकमल भएर चुनाव लड्ने बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेकपाको मुलधार र त्यसको संस्थापन प्रधानमन्त्री ओली भएको बताए । पाहुना लागेकाहरुले मुलघरबाट ओलीलाई निकालेको घोषणा गरेको भन्दै उनले व्यङ्ग्य गरे ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ०७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र