३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो, पार्टी फुट्यो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु कुइएर झरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई वटा फलले रुखै (पार्टी)मेरो भन्न नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका छन् । उनले पार्टी बरमझीयाको बुढो बाजेको पेडा पसल हो असली र नक्कली ? भन्दै प्रचण्ड र माधव नेपाललाई प्रश्न गरेका छन् ।

‘खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो थियो पार्टी फुट्यो । उहाँहरु पार्टी फुट्यो भनेर कराईरहनुभएको छ हामी सक्कली हौं भनेर । यो बरमझीयाको बुढो पेडा पसल हो असली र नक्कली ? पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर हामी सक्क्ली हौं’, उनले भने, ‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? हामीले बनाएको पार्टी हामी निवेदन हाल्ल्न जानुपर्दैन । भेट्नु कुइएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ? आउनूस् एकता गर्न । प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं ।’

प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् । ‘पार्टीले यस्ता कार्यक्रम गर्न पाएको थियो ? पार्टीमा झमेला मात्रै । पार्टीले देशका निम्ति महत्वपूर्ण काम गर्नुपथ्र्यो । तर, कार्यकर्तालाई अलमलमा राखियो ।

कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रा तेज कार्यकर्ताहरु, बलिदानी पूर्ण तरिकाले आएका कार्यकर्ताहरु हलन चल भएर शिथिल भएर बस्नुपर्यो । उहाँहरुको एजेण्डा संविधान संशोधन, संविधान संशोधन, देशको नक्सा छाप्दा उहाँहरुलाई कत्रो छटपटी छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ३८ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी