१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर गत २४ घण्टाभित्र पाँच लाख २२ हजार ७७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा सात हजार ९७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४९ लाख ४० हजार ३८९ र मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९४२ जनाले ज्यान गुमाएका छन ।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ७२५, इटलीमा ११ हजार ८३१, ब्राजिलमा १५ हजार ८२७, जर्मनीमा आठ हजार ४९२, रसियामा २६ हजार ३०१, फ्रान्समा तीन हजार ४६६, कोलम्बियामा ११ हजार ५२८ तथा इरानमा ६ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ४२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम