२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर गत २४ घण्टाभित्र पाँच लाख २२ हजार ७७५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा सात हजार ९७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ४९ लाख ४० हजार ३८९ र मृत्यु हुनेको संख्या १८ लाख ४२ हजार ७७१ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ६ हजार १३४ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९४२ जनाले ज्यान गुमाएका छन ।

भारतमा पछिल्लो २४ घण्टाभित्र २१ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५७ हजार ७२५, इटलीमा ११ हजार ८३१, ब्राजिलमा १५ हजार ८२७, जर्मनीमा आठ हजार ४९२, रसियामा २६ हजार ३०१, फ्रान्समा तीन हजार ४६६, कोलम्बियामा ११ हजार ५२८ तथा इरानमा ६ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ४२ बजे

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

वर्षा रोकियो, डर रोकिएन

पाल्पा । यही असोज ९ गते रातको करिब १ः०० बजेको