३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाखभन्दा बढी कोरोना संक्रमित थपिए, सात हजार ९७ जनाको मृत्यु



काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टाभित्र पाँच लाख चारहजार ५५८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार ९७ जनाको मृत्यु भएको छ ।

यससँगै विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ५४ लाख ८९ हजार १०४ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म १८ लाख ५० हजार २०९ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख ९१ हजार ७४२ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक हजार ३८७ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप ५४ हजार ९९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण ४५४ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा १६ हजार ६६० कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा भारतमा २१५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप १७ हजार ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण २७६ जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा २४ हजार १५० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ५०४ जनाको मृत्यु भएको छ ।

यस्तै, दक्षिण अफ्रिकामा ११ हजार ८५९, कोलम्बियामा नौ हजार ४१२, मेक्सिकोमा ६ हजार ३५९, इरानमा पाँच हजार ९६०, फ्रान्समा १२ हजार ४७९, जर्मनीमा सात हजार ५१३, इटलीमा १४ हजार २४५ तथा अर्जेन्टिनामा पाँच हजार ८८४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०३ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी