७ माघ २०८२, बुधबार | January 21, 2026

संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा



काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ ।

केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार १०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

यस्तै देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा छन् । ६४ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : १३ बजे

म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम

सुनको भाउमा अभूतपूर्व वृद्धि, तोलामा एकैदिन १० हजार चार सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

पोखरा । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका