६ माघ २०८२, मंगलबार | January 20, 2026

भागरथी हत्याका अभियुक्त पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै



काठमाडौं । गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । मृत भेटिएकी भागरथीको शरीरभरि निलडाम र घाउ रहेका थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो ।

निर्मला बलात्कार प्रकरण नसुल्झिरहेको अवस्थामा प्रहरीमाथी भागरथी हत्या प्रकरणले निकै दवाब परेको थियो । घटनाको संवेदनशीलताको ख्याल गर्दै कुनै किसिमको त्रुटी हुन नदिन अनुसन्धानमा शुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालित थियो । यसका साथसाथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनुसन्धानमा लागी परेका थिए ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । भागिरथीको हत्याको अभियोगमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले अभियुक्तका रुपमा आज सार्वजनिक गर्दैछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त छात्रले अभियोग स्वीकार गरेका छन । पक्राउ परेकाले बदला लिन भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरीलाई बताएका छन ।

अभियोग स्वीकार गरेका उनि सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेका छन भने भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

हत्यारा पक्राउ नपरेसम्म भन्दै आफन्तले शव बुझ्न मनेका छैनन् । उनको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् भन्ने आशंकाले परिवार र आफन्तले शव बुझ्न नमानेका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ७ : ०८ बजे

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका