१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ



बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेता बुटवलबाट पक्राउ परेका छन् ।

बुटवलको ट्राफिक चोकमा बिहीबार भएको रणनीतिक संयुक्त मोर्चाको सभामा सहभागी भएका विप्लवका नेता भेषराज भुषाल र देवबहादुर केसी पक्राउ परेका हुन् । मोर्चाले बुटवलमा आज पत्रकार सम्मेलन गरी प्रहरीले भुषाललाई सभामा सम्बोधन गरे लगत्तै पक्राउ गरेको जनाएको छ ।

मोर्चामा विप्लव नेकपासहित वैद्य नेतृत्वको नेकपा-क्रान्तिकारी (माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका साना वामपन्थी पार्टी र समुहहरु रहेका छन् । केही दिन पहिला गठन भएको मोर्चाले बुटवलमा पहिलो सभा गरेको हो ।

मोर्चाले गिरफ्तार भुषाल र केसीको रिहाईको माग गरेको छ । मोर्चाले सरकारले फासीवादी दमन गरेको आरोप लगाएको छ ।

शान्तिपूर्ण कार्यक्रममा सहभागी भएर आफ्नो विचार राखेकै आधारमा पक्राउ गर्नुले सरकार अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त न्यूनतम अधिकार समेत हनन गर्न चाहन्छ भन्ने प्रष्ट भएको जनाएको छ । पत्रकार सम्मेलनमा मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषि कट्टेलले सरकारी दमनलाई परास्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ३२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग