१६ असार २०८३, मंगलबार | June 30, 2026

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ



बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेता बुटवलबाट पक्राउ परेका छन् ।

बुटवलको ट्राफिक चोकमा बिहीबार भएको रणनीतिक संयुक्त मोर्चाको सभामा सहभागी भएका विप्लवका नेता भेषराज भुषाल र देवबहादुर केसी पक्राउ परेका हुन् । मोर्चाले बुटवलमा आज पत्रकार सम्मेलन गरी प्रहरीले भुषाललाई सभामा सम्बोधन गरे लगत्तै पक्राउ गरेको जनाएको छ ।

मोर्चामा विप्लव नेकपासहित वैद्य नेतृत्वको नेकपा-क्रान्तिकारी (माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका साना वामपन्थी पार्टी र समुहहरु रहेका छन् । केही दिन पहिला गठन भएको मोर्चाले बुटवलमा पहिलो सभा गरेको हो ।

मोर्चाले गिरफ्तार भुषाल र केसीको रिहाईको माग गरेको छ । मोर्चाले सरकारले फासीवादी दमन गरेको आरोप लगाएको छ ।

शान्तिपूर्ण कार्यक्रममा सहभागी भएर आफ्नो विचार राखेकै आधारमा पक्राउ गर्नुले सरकार अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त न्यूनतम अधिकार समेत हनन गर्न चाहन्छ भन्ने प्रष्ट भएको जनाएको छ । पत्रकार सम्मेलनमा मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषि कट्टेलले सरकारी दमनलाई परास्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ३२ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री