२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टाभित्र विश्वभर तीन लाख ९७ हजार आठ सय ६२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार सात सय २६ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख २७ हजार एक सय एक पुगेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ६२ हजार चार सय १८ जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७५ हजार चार सय ७१ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ दुई हजार दुई सय १७ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १२ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण पाँच सय ३३ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १४ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय १७ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ५१ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २४ हजार एक सय १६, दक्षिण अफ्रिकामा एक हजार नौ सय ११, कोलम्बियामा चार हजार चार सय ७६, मेक्सिकोमा नौ हजार ९९, इरानमा आठ हजार १७, जर्मनीमा नौ हजार ४१, इटलीमा १५ हजार चार सय ७९, स्पेनमा ११ हजार चार सय ३५, टर्कीमा सात हजार चार सय १९ तथा अर्जेन्टिनामा सात हजार आठ सय ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १० बजे

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको