५ पुस २०८२, शनिबार | December 21, 2025

विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ९७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टाभित्र विश्वभर तीन लाख ९७ हजार आठ सय ६२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार सात सय २६ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड १२ लाख २७ हजार एक सय एक पुगेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म २४ लाख ६२ हजार चार सय १८ जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ७५ हजार चार सय ७१ जना नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ दुई हजार दुई सय १७ जनाको मृत्यु भएको छ ।

बेलायतमा थप १२ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण पाँच सय ३३ जनाको मृत्यु भएको तथ्यांक छ ।

भारतमा १४ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ एक सय १७ जना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा थप ५१ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण एक हजार तीन सय ४५ जनाको मृत्यु भएको तथ्यांक छ ।

रूसमा पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ८७ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा २४ हजार एक सय १६, दक्षिण अफ्रिकामा एक हजार नौ सय ११, कोलम्बियामा चार हजार चार सय ७६, मेक्सिकोमा नौ हजार ९९, इरानमा आठ हजार १७, जर्मनीमा नौ हजार ४१, इटलीमा १५ हजार चार सय ७९, स्पेनमा ११ हजार चार सय ३५, टर्कीमा सात हजार चार सय १९ तथा अर्जेन्टिनामा सात हजार आठ सय ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ