३ आश्विन २०८३, शनिबार | September 19, 2026

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा भीषण आगलागी भएकोछ ।

जिल्लाकै दोस्रो ठूलो बजारमा आज बिहान ९ बजेतिरबाट सुरु भएको आगलागीले ४० भन्दा बढी घर जलेका छन् । दोभान बजारमा करिब एकसय वटा घरहरु रहेका छन् ।

आगो नियन्त्रणको प्रयास भैरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताएका छन् । राणाले अहिले पनि आगो दन्किरहेको बताउँदै क्षतिको विवरण नआइसकेको जनाएका छन् ।

आगो निभाउन ठूलो संख्यामा सुरक्षार्मी र स्थानीय बासिन्दा लागि परेका छन् । ताप्लेजुङ नगरपालिकाको दमकल समेत प्रयोग गरिएको छ । दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट डेढ घण्टा टाढा पर्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : २० बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज