७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोतिपुर औधोगिक कोरिडोरको शिलान्यासमा स्थानियले अवरोध गर्ने चेतावनी



बुटवल । ५० वर्ष देखि बसोबास गर्दै आएका स्थानीयको बैकल्पिक व्यवस्था नगरि रुपन्देहीको मोतिपुरमा निर्माण गर्ने भनिएको औद्योगिक कोरिडोरको शिलान्यास हुने निश्चित भएपछि स्थानीयबासीले कार्यक्रम हुन नदिने चेतावनी दिएका छन् ।

मोतिपुर औधोगिक करिडोर पिडितले बिहिबार पत्रकार सम्मेलन गर्दै विहिबार हुने भनिएको शिलन्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् ।

सुद्घोधन गाउपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले राज्यबाट गासबास कपासको ग्यारेन्टी हुनुपर्नेमा राज्य चुकेको बताए । पाण्डेले किसानले जोगभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर सरकारले जनता लुट्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै सुद्घोधन गाउपालिका वडा ३ का वडाअध्यक्ष शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको भन्दै नागरिकको गास, बास र कपाससँग जोडिएको बिषयमा स्थानीय सरकारसँग समन्वय नै नगरि संघीय सरकारले शिलान्यास गर्न लागेको बताए । दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।

स्थानीय बामपन्थी युवा नेता किरण नेपालले सरकारलाई किसानले तिरो, सम्पत्ती कर तिरिरहेको भएपनि यहाको बस्तुस्थिति नबुझि सरकारले कदम चालेको बताए। ईआईए समेत नगरि जबरजस्ति रुपमा काम शिलान्यासको काम अघि बढाएको भन्दै उनले स्थानिय जनताको बसोबासको ग्यारेन्टी गर्नुपर्ने बताए ।

गत १३ गते अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भएपनि संसद पुनर्स्थापना भएपछि सृजित परिस्थितीका कारण पौडेलले शिलान्यास गर्ने कार्यक्रम स्थगन गरिएको थियो । १३ गते स्थगन भएको शिलान्यासको कार्यक्रमलाई भोलि शुक्रबारको लागि निश्चित गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ४ : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११