७ आश्विन २०८३, बुधबार | September 23, 2026

थुनामुक्त गर्ने सहमति भएको दुई दिनमा पनि रिहा नभएपछि ‘सुदर्शन’ भेट्न नख्खु कारागार पुगे विप्लव



काठमाडौं । कारागार र हिरासतमा रहेका बन्दीहरुलाई रिहा गर्ने सहमती भएको २ दिन पुग्दा पनि रिहा नभएका विप्लव नेतृत्वका नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटन नेत्रविक्रम चन्द विप्लव आफै नख्खु कारगार पुगेका छन् ।

बिहिबार सहमती भएर शुक्रबार हस्ताक्षर भएको सहमतीमा थुनामा रहेका सबैलाई थुनामुक्त गर्ने उल्लेख गरिएपनि नेता ओलीलाई भने सरकारले रिहा गरेको छैन । ओलीकै प्रकृतिको मुद्दामा काभ्रेभा थुनामा रहेका धर्मेन्द्र वास्तोलालाई भने शुक्रबार बिहानै सरकारले थुनामुक्त गरेको थियो । थुना मुक्त नभएपनि सो पार्टीका महासचिव विप्लव ओलीलाई भेट्न नख्खु कारागार नै पुगेका हुन् ।

ओलीलाई भेट्न महासचिव विप्लव सहित वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने नख्खु कारागार पुगेका थिए ।

उनीहरुले कारागारमा रहेका विप्लव समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेको बताईएको छ । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  २ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११