३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

हाटबजार व्यवसायीद्धारा २६ औं नियमित रक्तदान सम्पन्न



बुटवल । हाटबजार व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघको १५ औं वार्षिक साधारणसभाको अवसर पारेर २६ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए । जिसीले रगतको अभावले कुनै पनि विरामीले ज्यान गुमाउने अवस्था आउन नदिन व्यवसायीहरूले नियमित रूपष्मा रक्तदान गर्दै आएको बताए । संघले समय-समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

सानो पूँजी लगानी गरी हाटबजार व्यवसायीहरू स्वरोजगार बनेका छन् । कार्यक्रममा संघका उपाध्यक्षद्धय कृष्ण प्रसाद पौडेल, शोभा पोखरेल, महासचिव हुमाराम पोखरेल, कार्यक्रम संयोजक भीष्म अर्याल लगायतले बोलेका थिए ।

संघको साधारणसभा यहीँ चैत २४ गते हुँदैछ । रुपन्देहीका विभिन्न ठाउँमा लाग्ने हाट बजारमा व्यवसायीहरूले सानो लगानी गरी स्वरोजगार भएका छन ।

हाटबजारमा व्यवसायीहरुले स्थानीय सरकारले हाटबजारको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । कार्यक्रममा पूर्व उपाध्यक्ष छविलाल चापागाई, पूर्व माहासचिव नेत्र पोखरेल, लगायत संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको आर्थिक सहयोग तुलसी काफ्ले कोपिला सापकोटा र पूर्णबहादुर क्षेत्रीले गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ५६ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता