२७ श्रावण २०८३, बुधबार | August 12, 2026

माइतीघरमा युवा विद्यार्थीको प्रश्न, नेपाली नक्शामा लिपुलेक, लिम्पियाधुरा खोई ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा लिम्पियाधुरा, लिपुलेक सहितको नयाँ नक्शा समावेश नगरिएको भन्दै नेकपा एमालेको माधव नेपाल पक्षका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल पक्ष निकटको अनेरास्ववियूले पदकमा अंकित नक्शामा नेपाली भूभाग गुमेको नक्सा राखिएको भन्दै काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूभाग समेटिएको नक्शा सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक कारोना महामारीका कारण वितरण गर्न नसकिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मात्र प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।

१ वर्ष पछि प्रदान गरिएको पदकमा राज्यले थोरै खर्च गरेर नयाँ नक्शा समेटन सक्ने अवस्था रहेको भएपनि संवेदनशिल नभएको भन्दै सत्ता निकट एमाले कार्यकर्ताले समेत बिरोध जनाएका छन् । संसदबाट पारित भएर निशान छापमा समेत नयाँ नक्शा प्रयोगमा आउंदा राष्ट्रपतिबाट प्रदानित तक्मामा पुरानो नेपाली भूभाग बिनाको तक्मा वितरणले राष्ट्रियता प्रति ओली सरकारको वास्तविकता खुलेको प्रदर्शनामा सहभागी विद्यार्थीहरुले बताएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ३४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको