४ पुस २०८२, शुक्रबार | December 19, 2025

माइतीघरमा युवा विद्यार्थीको प्रश्न, नेपाली नक्शामा लिपुलेक, लिम्पियाधुरा खोई ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा लिम्पियाधुरा, लिपुलेक सहितको नयाँ नक्शा समावेश नगरिएको भन्दै नेकपा एमालेको माधव नेपाल पक्षका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल पक्ष निकटको अनेरास्ववियूले पदकमा अंकित नक्शामा नेपाली भूभाग गुमेको नक्सा राखिएको भन्दै काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूभाग समेटिएको नक्शा सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक कारोना महामारीका कारण वितरण गर्न नसकिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मात्र प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो । सरकारले भने पदक घोषणा गत वर्ष भएकाले त्यही समयमा प्रचलनमा रहेको नक्शा राखेको बताउँदै आएको छ ।

१ वर्ष पछि प्रदान गरिएको पदकमा राज्यले थोरै खर्च गरेर नयाँ नक्शा समेटन सक्ने अवस्था रहेको भएपनि संवेदनशिल नभएको भन्दै सत्ता निकट एमाले कार्यकर्ताले समेत बिरोध जनाएका छन् । संसदबाट पारित भएर निशान छापमा समेत नयाँ नक्शा प्रयोगमा आउंदा राष्ट्रपतिबाट प्रदानित तक्मामा पुरानो नेपाली भूभाग बिनाको तक्मा वितरणले राष्ट्रियता प्रति ओली सरकारको वास्तविकता खुलेको प्रदर्शनामा सहभागी विद्यार्थीहरुले बताएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : ३४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ