३१ भदौ २०८३, बुधबार | September 16, 2026

बर्दियाकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु, बाँकेमा ४१ जनामा संक्रमण पुष्टि



नेपालगन्ज । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देशका विभिन्न जिल्लामा बढ्दै जाँदा बाँके जिल्लामा पनि निरन्तर बढ्दै गएको छ ।

कोरोना संक्रमणकै कारण भेरी अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ ।

अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाको गेरुवा ३ की ७५ वर्षीया वृद्धाको सोमबार दिउसो १ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतक महिला यही चैत २३ गते अस्पताल भर्ना भएकी थिइन ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएर मृत्यु हुनेको संख्या ९१ पुगेको छ । केही दिनअघिसम्म बाँकेमा कोरोना संक्रमण दर शुन्यमा झरेको थियो ।

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचक्र्याईं गरिँदा र भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुलाई चेकजाँचको उचित व्यवस्था नहुँदा बाँके पुनः कोरोना हटस्पट बन्ने हो कि भन्ने चिन्ता थपिँदै गएको छ ।

सोमबार मात्रै नेपाल भारत सीमानाका जमुनाहमा तीन जनामा कोरोना देखिएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २६ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।