१८ श्रावण २०८३, सोमबार | August 4, 2026

मंगलबार थपिए ५ सय बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५१७ जना नयाँ करोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन् ।

हिजो सोमबार मुलुकभर ५५९ जना कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

आजको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ रहेको छ ।

आजपनि सबैभन्दा बढी काठमाडौ उपत्यकामा नै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क