१८ माघ २०८२, आइतबार | February 1, 2026

अभिमान



वर्णबहादुर वस्तुतः लेखनदार थियो । कहिलेकाँहि पाठकको मानसिकतामा दिग्भ्रमित पार्न कविता पनि कोरेर सुनाउने गरेकोले उसलाई कवि पनि भन्ने गर्थे,समाजका केहीले । मधुरस पुर्याउने सिर्जनशील साहित्यकार हैन, बिना रुप रङ्गको ढोङ्गी ऊ कविको पंक्तिमा पनि जोडिन पुगेको थियो । उसको दैनिकी, मालपोत कार्यालयको प्रांगणमा बसेर बकुल्लाले माछा कुरेझैं सेवाग्र्राहीको प्रतीक्षा गर्ने र अभिमानको गन्ध छर्दै उल्टा सिधा गफ हाक्नु उसको दैनिकी थियो । कसैले उसलाई वकिल साव भनेर सम्बोधन गर्थे भने कसैले कवि महोदय भन्ने गर्थे । दुबै पदावलीको सम्बोधनले ऊ गर्वको धुरीमा पुग्थ्यो । कसैबाट उक्त सम्बोधन पदावली छुटाएर वर्णजी मात्र भनेमा ऊ ओठ लेप्राएर,आँखा फुकालेर नाक फुर्र पाथ्र्यो,अपमानित ठानेर दम्भको हुङकार बर्षाउदै ।

अरुलाई पित्तल र आफूलाई सुन ठान्ने वर्णवहादुरको चित्तले ठानेमा र कुनै सोझा दानवीर सेवाग्राही पाएमा एक,दुई बर्ष र अन्यथा ६ महिनामा डेरा सार्ने क्रम उसको थियो । बिरालाको बच्चा सराई र उसको डेरा सराई उस्तै उस्तै । बाबुको अंशको नाउँमा परेको आफनो घरचाँही नियमित रुटिङगमा परेको सन्ध्याकालीन पेय पदार्थसंग उहिल्यै साटिसकेको थियो ।

सिधासादा नयाँ नयाँ घरधनीलाई वाक पटुताले लट्ठ पारेर डेरा हासिल गरेपछि उसलाई सन्ध्याकालीन मधुशालाको पार्टनर बनाउथ्यो,धेरै उसको,थोरै आफनो हुने गरी । सुमधूर सम्बन्ध कायम पनि कायम हुन्थ्यो,केहीकाल । घरको घरभाडाको महिना खापिएर घरबेटीको मुखबाट बोली फुट्यो भने वर्णबहादुरको मुखबाट गोली छुट्थ्थ्यो– “कल्ले दिन्न भन्याछ र ?यसतो अशिष्ट शब्द बोल्ने मसंग? कोहो म ?चिन्या छ ? मुद्दा ठोकिदिउँ ? यस्ता कुरा गर्ने भए तिम्रो डेरा भोली नै छोडिदिन्छु के सोच्याछौ? ”

ऊ प्रायः अभिमानको दुव्र्यसनीले बाह्रै घण्टा धङधङीने भएपनि पतिव्रता उसकी श्रीमती भने सुशील थिइन् । जहाँ बस्थिन बसेको ठाउमा माया र सदभावको सुवाष छर्ने हुँदा त्यस परिबेशमा वर्णको सिँगौरीबाट आक्रोसित समाजलाई उनको सुवासित सुमधुर वाणीले शीत्तलता छरिदिन्थ्यो । अर्थात विवादको आगो निभाउने पानीको काम गरिरहेको हुन्थ्यो । यसरी उसको बर्षेनी डेरा सर्ने क्रमले गर्दा एक ठाऊँमा जोडेका सामानहरु (फर्निचरादि) अर्को ठाउँमा सर्दा करीब पच्चीस प्रतिशत नष्ट भएकै हुन्थ्यो । ऊ आफनो वाक पटु गफ छरेर केहीलाई प्रभावमा लिएर गन्ने मान्ने कहलिए तापनि उसको दम्भी मनोवृति,अस्थिर बानी व्यवहार र छुद्र शब्दवाणले उसलाई स्खलित पारेर धूलोमा लडाइरहेको थियो । भित्रभित्रै चिप्लिदै,स्खलित हुदै, नांगिदै,तिरस्कृत हुदै गएको अवस्था उसलाई पत्तै हुन्थेन । सम्मुखमा जे भने तापनि ऊप्रति सहानुभूति,सल्लाह र सहयोग गर्न चाहने मान्छेका मनहरु त्यसै त्यसै कुण्ठित हुन्थे । बितृषित भएर ।

उच्च आडम्बरी जीवनशैलीमा जिउन चाहने तर डेरा खर्चले आर्थिक पारो उभो लाग्न नसकेको ऊ अभाव र अपमानको दलदल्मा दिनानुदिन भासिदै थियो । उसको जिन्दगीमा अभिमानले उछार(मुक्ति) पाउन त सकेको थिएन नै त्यही अभिमानको अँध्यारो बादल उसको मनबाट फाट्न नसकेकोले अन्तमा असफलताको गर्तमा भासिईरहेको थियो ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ५० बजे

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं