८ बैशाख २०८१, शनिबार | April 20, 2024

२४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको तथ्यंक अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३३३ पीसीआर परीक्षण गर्दा ७६८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ६७१ जनामा भएको एन्टिजेन परीक्षणमा थप ७५ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ भने २२६ जना संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

कोरोनाबाट हालसम्म ३ हजार ७५ जनाले ज्यान गुमाएका छन् । आजसम्म ५ हजार ५४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै ७४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : १६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु