८ बैशाख २०८१, शनिबार | April 20, 2024

रोकिएन रुपन्देहीमा संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा १७१ जना पुरुष र १३० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ११० जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्ेगरि सिद्धार्थनगरमा ४६ जना नयाँ संक्रमित थपिएका छन् भने रोहिणी गाँउपालिकामा २३ जना, ओमसतियामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सैनामैनामा १० जना, देवदहमा ८ जना, सुद्धोधनमा ७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा अहिले सम्ममा १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ भने १०८० जना संक्रमितहरुको जिल्लामा उपचार चलिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १७ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस