२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बाँकेमा थपिए ३४३ नयाँ कोरोना संक्रमित, ९८ जना सिकिस्त संक्रमितको बिभिन्न अस्पतालमा उपचार हुँदै



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा ल्याव र जमुनाहा स्थित हेल्प डेस्कको एन्टिजेन परिक्षणको रिपोर्टबाट आज ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १९५ नमुना परिक्षण गर्दा १६२ नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा ९४ नमुनामा ६७ पोजेटिभ तथा बागेश्वरी डाइग्नोशिस केन्द्रमा १५२ नमुना परिक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता जमुनाहा नाकामा भारतबाट फर्कँदै गरेका नेपालीहरुको एज्टिजेन परीक्षणमा १३ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा जिल्ल बाहिरबाट आएर उपचारका क्रममा मृत्यु भएकाहरु सहित अहिलेसम्ममा १९० जनाको मृत्यु भईसकेको छ । अहिले पनि बाँकेमा ९८ जना सिकिस्त संक्रमितहरुको बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । बाँकेका कोरोना फोकलपर्शन तेज ओलीका अनुसार भेरस् अस्पतालमा उपचाररत २०३ जना मध्य ६८ जना सिकिस्त अवस्थामा छन् भने नेपालगन्ज मडिकल कलेजमा २६ जना र कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ४ जना संक्रमित सिकिस्त अवस्थामा छन् । बाँकेमा ११ जना संक्रमितलाई भेन्टिलेटरमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : ०० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको