८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा; के गर्न पाईन्छ के पाईंदैन ? (पूर्णपाठसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक्कैपटक निषेधाज्ञाको घोषणा गरेका हुन् । बैशाख २२ गते राति १२ बजेसम्म जारी रहने निषेधज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुनेछन् ।

एकसातासम्म औषधी, तरकारी पसल, दुध, फलफूल र खाद्य साम खाद्य सामग्रीका पसलहरु बाहेक अन्य सबै पसलहरु बन्द हुनेछन् । बिहीबारदेखि खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

यसैगरी अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारी साधन समेत बैशाख १६ गते बिहानदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा होम क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्ने छ ।

यस्तै, विदेश जाने यात्रुहरुले हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि व्यवस्था मिलाइने जनाइएको छ ।

उपत्यकाभित्र कुनै पनि प्रकारको सभा सम्मेलन, गोष्ठि, सेमिनार गर्न निषेध गरिएको छ । यसैगरी पार्टी प्यालेस, रेष्टुरेन्ट, जिमखाना, सपिङ कम्प्लेक्स, सैलुन, ब्यूटी पार्लर, समुहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना लगायत बन्द गरएको छ ।

निषेधाज्ञाको बीचमा पनि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवा दिने कार्यालय भने सुचारु रहनेछन् । ती कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर आवतजावत र सवारी साधान संचालन गर्न पाउनेछन् ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनका लागि सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रजिअले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।

अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा सहभागी हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरेमा प्रजिअबाट जारी हुने अनुमति पास लिनुपर्नेछ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ३० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल