१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा; के गर्न पाईन्छ के पाईंदैन ? (पूर्णपाठसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक्कैपटक निषेधाज्ञाको घोषणा गरेका हुन् । बैशाख २२ गते राति १२ बजेसम्म जारी रहने निषेधज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुनेछन् ।

एकसातासम्म औषधी, तरकारी पसल, दुध, फलफूल र खाद्य साम खाद्य सामग्रीका पसलहरु बाहेक अन्य सबै पसलहरु बन्द हुनेछन् । बिहीबारदेखि खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

यसैगरी अत्यावश्यक सेवाबाहेकका सार्वजनिक र निजी सवारी साधन समेत बैशाख १६ गते बिहानदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा होम क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्ने छ ।

यस्तै, विदेश जाने यात्रुहरुले हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि व्यवस्था मिलाइने जनाइएको छ ।

उपत्यकाभित्र कुनै पनि प्रकारको सभा सम्मेलन, गोष्ठि, सेमिनार गर्न निषेध गरिएको छ । यसैगरी पार्टी प्यालेस, रेष्टुरेन्ट, जिमखाना, सपिङ कम्प्लेक्स, सैलुन, ब्यूटी पार्लर, समुहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना लगायत बन्द गरएको छ ।

निषेधाज्ञाको बीचमा पनि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवा दिने कार्यालय भने सुचारु रहनेछन् । ती कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर आवतजावत र सवारी साधान संचालन गर्न पाउनेछन् ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनका लागि सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रजिअले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइनेछ ।

अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा सहभागी हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरेमा प्रजिअबाट जारी हुने अनुमति पास लिनुपर्नेछ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ३० बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल