१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भेरी अस्पतालबाट पीसीआर परीक्षणको रिपोर्ट नआउँदा बाँकेमा घट्यो पोजेटिभको संख्या



नेपालगन्ज । पीसीआर परीक्षणमा ठूलो संख्यामा पोजेटिभ रिपोर्ट आईरहेको बाँकेको भेरी अस्पतालले पीसीआर परिक्षणको रिपोर्ट नदिएपछि सोमबार बाँकेमा तुलनात्मकरुपमा कोरोना संक्रमितको संख्या केहि कम देखिएको छ ।

भेरी अस्पतालले रिपोर्ट नदिँदा बाँकेमा सोमबार राती सम्ममा २५६ जना नयाँ कोरोना संक्रमति थपिएको जिल्ला कोघिड १९ संकट ब्यवस्थापन समितिले जनाएको छ ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १८८ वटा नमुना परिक्षण गर्दा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी प्रयोगशालामा १६९ नमुना परिक्षणमा १०९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्रैगरि सिमानाका जमुनाहाको हेल्पडेस्कमा १६ जनाको गरिएको एन्टिजेन परिक्षणमा २ जनामा कोरोना देखिएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । भेरी अस्पतालको ल्यावमा पीसीआर परीक्षणको चाप अत्याधिक रहेका कारण समयमा रिपोर्ट आउन नसकेको ओलीले बताए ।

बाँकेमा ९८ जना गम्भिर अवस्थाका संक्रमितको उपचार चलिरहेको फोकलपर्शन ओलीले बताए । भेरी अस्पतालमा १० जना भेन्टिलेटरमा, ६० जना आईसीयूमा र १३० जना जनरल वार्डमा उपचाररत रहेका छन् । मेडिकल कलेजको ९ वटाभेन्टिलेटर प्याक छ भने जनरल वार्डपनि भरिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ४४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल