४ आश्विन २०८३, आइतबार | September 20, 2026

कोरोना संक्रमितको उपचार गर्न काठमाडौंबाट झापा ल्याइँदै



झापा । कोभिड-१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ ।

काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा ल्याइएको हो ।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए ।

झापाको शिवसताक्षी नगरपालिका-८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए । उनलाई आर्इसीयूमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए ।

बीएण्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड-१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए ।

“राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भने, “बीएण्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौंबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।” रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ०२ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना