१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुपन्देहीमा थपिए झण्डै साढे चार सय नयाँ संक्रमित



काठमाडौं । रुपन्देहीमा बिहीबार कोरोना भाइरसका झण्डै साढे चारसय संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै बुटवल उपमहानगरपलिकामा थपिएका छन् । बुटवलमा ८७ महिला र १००पुरुष गरी १८७ जना जना संक्रमित थपिएका छन् ।

यसैगरी तिलोत्तामामा ४५ महिला र ५९ जना पुरुष संक्रमित थपिएका छन् भने सियारी गाउँपालिकामा ७ जना संक्रमित थपिएका छन् ।

यस्तै सैनामैना नगरपालिकामा १५ महिला र १३ पुरुष, देवदहमा १४ महिला र ११ पुरुष संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै सिद्धार्थ नगर नगरपालिकामा २३ महिला र ३४ पुरुष, शुद्धदन गाउँपालिकामा ५ महिला र ४ पुरुष थपिएका छन् ।

यसैगरी गैडहवा गाउँपालिकामा ३ जना, मायादेवी गाउँपालिकामा ९ जना, मर्चवारी गाउँपालिकामा १ जना, ओमसतिया गाउँपालिकामा ८ जना, रोहिणी गाउँपालिकामा १ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र कोटहिमाई गाउँपालिकामा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १३ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम