१२ माघ २०८२, सोमबार | January 26, 2026

कोरोना संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून



काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो ।

बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८।३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ ।

अहिलेसम्म २ लाख ८० हजार १ सय ६७ संक्रमित निको भएका छन् । देशभर ५९ व्यक्ति क्वारेन्टाइनमा छन् । त्यस्तै, देशभर ३ सय ३७ आईसीयू र १ सय ७ जना भेन्टिलेटरमा गरी ४ सय ४४ बिरामी उपचाररत छन् । जसअन्तर्गत प्रदेश १ मा ३६ आईसीयू र ६ भेन्टिलेटरमा, प्रदेश २ मा १० आईसीयू, बाग्मती प्रदेशमा १ सय ५६ आईसीयू र ६७ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा पाँच आईसीयू र एक भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८७ आईसीयू र २१ भेन्टिलेटर, कर्णालीमा २३ आईसीयू र पाँच जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २० आईसीयू र सात भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाका अस्पतालमा १ सय ७२ संक्रमित आईसीयू र भेन्टिलेटरमा छन् । हालसम्म देशभर रहेका प्रयोगशालाबाट २४ लाख ५८ हजार ५ सय ६५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना ‘चेन ब्रेक’ गर्न जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले मास्क समुचित प्रयोग, भौतिक दूरी कायम र सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ४९ बजे

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा

आचारसंहिता उल्लंघन बारे आयोगद्वारा धमाधम स्पष्टीकरण माग, उम्मेदवारहरुले दिएनन् जवाफ

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक

बाँकेमा निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

बाँके । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक