८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘लकडाउन’को पाँचौ दिन पनि बाँकेमा घटेन संक्रमित थपिने क्रम : ६२८ संक्रमित थपिँदा दिनभरीमा ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा लकडाउन जारी भएको एक साता पुग्नै लाग्दा पनि कोरोना संक्रमितको संख्या घट्ने कुनै संकेत भेटिएको छैन । बाँकेमा आज पनि ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशाला तथा सिमानाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा ६२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बाँके स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३४५ नमुना परिक्षण गर्दा २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २८४ नमुनामा २२८ जना, बागेश्वरी डाइग्नोसिश सेण्टरमा १९६ नमुना परीक्षणमा १६८ जना तथा सिमा नाकामा ७१ जनाको एन्जिेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्य ५०४ जना बाँके जिल्ला भित्रका र अन्य छिमेकी जिल्लाका रहेको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा पछिल्लो १२ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेहरुमा नेपालगन्ज १ की ६० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको थियो भने नेपालगन्ज १० का ४९ वषिए पुरुषको १२ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बैजनाथ ५ का ५१ वर्षिय पुरुषको १२ः३० बजे नै होम आइसोलेसनमा मृत्यु भएको थियो भने बर्दिया गुलरियाका ५४ वर्षिय पुरुषको १ः३० बजे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । आजै खजुरा ४ का ३६ वर्षिय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेजमा १ः३५ बजे मृत्यु भएको थियो ।

बाँकेमा आज सम्ममा बाँके जिल्ला भित्रका ११५ जना र जिल्ला बाहिरका ११४ जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : २९ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन