१४ चैत्र २०८२, शनिबार | March 28, 2026

‘लकडाउन’को पाँचौ दिन पनि बाँकेमा घटेन संक्रमित थपिने क्रम : ६२८ संक्रमित थपिँदा दिनभरीमा ५ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा लकडाउन जारी भएको एक साता पुग्नै लाग्दा पनि कोरोना संक्रमितको संख्या घट्ने कुनै संकेत भेटिएको छैन । बाँकेमा आज पनि ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशाला तथा सिमानाकाको एन्टिजेन परीक्षणबाट बाँकेमा ६२८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बाँके स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३४५ नमुना परिक्षण गर्दा २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २८४ नमुनामा २२८ जना, बागेश्वरी डाइग्नोसिश सेण्टरमा १९६ नमुना परीक्षणमा १६८ जना तथा सिमा नाकामा ७१ जनाको एन्जिेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्य ५०४ जना बाँके जिल्ला भित्रका र अन्य छिमेकी जिल्लाका रहेको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

बाँकेमा पछिल्लो १२ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेहरुमा नेपालगन्ज १ की ६० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको थियो भने नेपालगन्ज १० का ४९ वषिए पुरुषको १२ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बैजनाथ ५ का ५१ वर्षिय पुरुषको १२ः३० बजे नै होम आइसोलेसनमा मृत्यु भएको थियो भने बर्दिया गुलरियाका ५४ वर्षिय पुरुषको १ः३० बजे नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । आजै खजुरा ४ का ३६ वर्षिय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेजमा १ः३५ बजे मृत्यु भएको थियो ।

बाँकेमा आज सम्ममा बाँके जिल्ला भित्रका ११५ जना र जिल्ला बाहिरका ११४ जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : २९ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर