८ चैत्र २०८२, आइतबार | March 23, 2026

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारप्रति असन्तुष्टि



धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो । भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ ।

पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ । सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट बेखबर रहेको टिप्पणी गरे ।

नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार जनताको समस्यामा लाचार भएको आरोप लगाउँदै नाकाबाट भित्रिने नेपालीका लागि होल्डि¨ सेन्टर बनाएर केहीदिनको होल्डपछि परीक्षण गराइ सम्बन्धित पालिकामा पठाउने काम गर्नुपर्नेमा त्यो पनि नभएको बताए ।

सरकारले तत्काल रोकथाम तथा न्यूनीकरणका लागि काम अघि नबढाए जनताले क्षमा नदिने भन्दै अक्सिजनको व्यवस्थासहितका आइसोलेशनहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।

प्रदेश सरकारले व्यवस्थापन नगरेपछि अस्पतालहरूमा अक्सिजन र अक्सिजन सिलिन्डर सहयोग गरिरहेको ह्युमिनिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दीर्घराज उपाध्यायले प्रदेश सरकारले जनताको लाश गन्ने काम मात्र गरेको आरोप लगाए ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सरकार नागरिकको समस्यामा गम्भीर भएर लागेको बताउँदै सरकार आफ्नै तरिकाले काम गरिरहेको जिकिर गरे ।

राज्य जनताको अभिभावक भएको हुँदा आफ्ना नागरिकको समस्यामा सरकार गम्भीर छैन भन्नु हास्यास्पद भएको उनको भनाइ छ । मुख्यमन्त्री भट्टले आरोप लगाउनेहरू कहिल्यै नथाक्ने भएकोले आरोपहरू सुन्न भन्दा पनि काम गर्न लागिपर्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : ५४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय