१ पुस २०८२, मंगलबार | December 17, 2025

बाँकेमा ३२३ जना नयाँ संक्रमित थपिँदा ४०९ जना डिस्चार्ज, ९ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा धेरै दिनपछि थपिने संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै देखिएको छ । जिल्लामा ३२३ जना नयाँ संक्रमित थपिँदा आज ४०९ जना कोरोना मुक्त भएका छन् । आज मात्र १७८ महिला र २३१ पुरुष कोरोना मुक्त भएर डिस्चार्ज गरिएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

आज भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०५ नमुना परीक्षण गर्दा २२२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेज ल्यावमा ७३ नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै बागेश्वरी डाइग्नोशिस सेण्टरमा २५१ नमुना परीक्षण गर्दा १६४ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ४४५ जनामा संक्रमण पुष्टि भएकाेमा बाँकेकाे ३२३ र बाँकी अन्य जिल्लाका हुन् ।

बाँकेमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ, जस्मा १ जना बाँके बाहिरको र ८ जना बाँकेका छन् । अहिले सम्ममा बाँकेका १७७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १३१ जना बाँकेमा आएर उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष