७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा घट्यो कोरोना ग्राफ, १००१ नमुना परीक्षण गर्दा ५६३ मा संक्रमण, १६ जनाको मृत्यु



नेपालगन्ज । तुलनात्मकरुपमा आज बाँकेमा कोरोना संक्रमणको अनुपात घटेको छ । पछिल्लो २४ घण्टामा १००१ नमुना परीक्षण गर्दा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेमा मृतकको संख्या भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । जसमध्य १० जना जिल्ला भित्रका छन् भने ६ जना जिल्ला बाहिरका हुन् ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४६४ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २६६ नमुना परीक्षण गर्दा १६५ जनामा र बागेश्वरी डाइग्नोशिस केन्द्रमा २७१ नमुना परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित मध्य बाँके जिल्ला भित्रका ३९८ जना हुन् भने बाँकी अन्य जिल्ला बाहिरका रहेका छन् ।

आज मृतक थपिएसँगै बाँकेका २०८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने बाँकेमा उपचार गर्न आएका १५८ जनाको मृत्यु भएको छ । जिल्लामा आज ५९९ जना कोरोना मुक्त भएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : २६ बजे

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज