७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजपनि एकैरात बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत ८ जना कोरोना संक्रमितको १२ घण्टाकाबीचमा ८ जनाको मृत्यु भएको छ । शनिबार साँझ ६ः३० देखि आईतबार बिहान ६ः३० बजेको अवधीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनीहरुको २ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र ६ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा मधुवन नगरपालिका-९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षीय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षीय पुरुष छन् ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षीय पुरुष तथा राप्ती सोनारी-२ की ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीका अनुसार कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३५ र बाँके जिल्लाबाहिरबाट उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ८३ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : १३ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले