१५ चैत्र २०८२, आइतबार | March 30, 2026

आजपनि एकैरात बाँकेमा ८ कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत ८ जना कोरोना संक्रमितको १२ घण्टाकाबीचमा ८ जनाको मृत्यु भएको छ । शनिबार साँझ ६ः३० देखि आईतबार बिहान ६ः३० बजेको अवधीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनीहरुको २ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र ६ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा मधुवन नगरपालिका-९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-१ बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षीय पुरुष, रुम्टिगढी-३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८७ वर्षीय पुरुष छन् ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षीय पुरुष तथा राप्ती सोनारी-२ की ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीका अनुसार कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३५ र बाँके जिल्लाबाहिरबाट उपचार गर्न आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ८३ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : १३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा