५ पुस २०८२, शनिबार | December 20, 2025

सिंहदरबारमा एमाले कार्यदल बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक बस्दैछ ।

सिंहदरबारमा दिउँसो ३ बजे बस्ने कार्यदल बैठकमा पार्टीलाई २०७५ जेठ २ गतेको पार्टी संरचना विधान र नेतृत्वको अवस्थामा फर्काउने विषयमा छलफल हुने बताइएको छ ।

पार्टी फुटको अवस्थामा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार ओली र नेपाल पक्षबाट पाँच पाँच जना रहेको कार्यदल गठन गरिएको थियो । कार्यदलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त रहेका छन् ।

आगामी बिहीबारसम्म कार्यदलले सुझाव दिने भनिएपनि कार्यदलको बैठक बल्ल पहिलो पटक बस्न लागेको छ । कार्यदलले दिएको सुझावका आधारमा शिर्ष नेतृत्वले पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले ब्युँताइदिएपछि गत फागुन २८ गते अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्दै कारवाही अघि बढाएपछि पार्टीभित्र चरम विवाद उत्पन्न भएको थियो । तर, ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिने बेलामा नेपाल पक्षीय सांसदहरुले सामुहिक राजीनामाको धम्की दिएपछि ओली र नेपालबीच विभिन्न चरणका छलफल भएपछि ३१ बैशाखमा कार्यदल बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १२ : ४२ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन