१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा संक्रमण पुष्टि, एकैदिन ७७८ जना संक्रमण मुक्त



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका बिभिन्न पीसीआर प्रयोगशालाहरुमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षण तर्फ २४५० जनाको परीक्षण गर्दा ९९० जनामा रिपोर्ट पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा यसै अवधीमा ५ जनाको मृत्यु भएको छ भने ७७८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा पछिल्लो २४ घण्टामा १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कमको संख्यमा संक्रमित थपिएका छन् ।

सोमबार झण्डै २८ प्रतिशतका दरले संक्रमण पुष्टि भएकोमा आज सो अनुपात बढेको छ । आज करिव ४० प्रतिशतका दरले संक्रमित थपिएका छन् । जिल्लामा मृत्युदर पनि घटेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ४ : ४९ बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र