१६ बैशाख २०८१, आइतबार | April 28, 2024

रुपन्देहीमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा संक्रमण पुष्टि, एकैदिन ७७८ जना संक्रमण मुक्त



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका बिभिन्न पीसीआर प्रयोगशालाहरुमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षण तर्फ २४५० जनाको परीक्षण गर्दा ९९० जनामा रिपोर्ट पोजेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा यसै अवधीमा ५ जनाको मृत्यु भएको छ भने ७७८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा पछिल्लो २४ घण्टामा १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कमको संख्यमा संक्रमित थपिएका छन् ।

सोमबार झण्डै २८ प्रतिशतका दरले संक्रमण पुष्टि भएकोमा आज सो अनुपात बढेको छ । आज करिव ४० प्रतिशतका दरले संक्रमित थपिएका छन् । जिल्लामा मृत्युदर पनि घटेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ४ : ४९ बजे

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०