६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेका २०६ संक्रमित थपिँदा २०३ जना डिस्चार्ज, ११ जनाको मृत्यु



नेपालगन्ज । बाँकेका ३ वटा पीसीआर परीक्षण प्रयोगशालामा १०१५ नमुना परीक्षण गर्दा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संख्यात्मक अनुपातमा बाँकेमा केहि घटेको जस्तो देखिएपनि प्रतिशतको अनुपातमा अहिले पनि बाँकेमा संक्रमण हुने क्रम उच्च देखिएको छ । आज पनि कुन नमुना परीक्षण मध्य ४४ दशमलव ४ प्रतिशतलाई संक्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा ७३५ नमुना परीक्षण गर्दा ३२३ जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाइग्नोशिस केन्द्रमा २०० नमुना परीक्षण गदौ ९० जना तथा नेपालगन्ज मेडिकल कलेजको ल्यावमा ८० नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्य बाँकेका २०६ जना र अन्य जिल्ला बाहिरका रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टाको अवधीमा ५ जना जिल्ला भित्रका र ६ जना जिल्ला बाहिरका गरि ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा जिल्लामा २०३ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : २० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ