८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बैठकमा नपुगेपछि एमाले कार्यदलको बैठक स्थगित



काठमाडौं । एमाले विवाद मिलाउने भन्दै कार्यदल बनाएर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धनलाई बहुमत पु¥याउनबाट रोकेपनि विवाद मिलाउन भन्दै बनेको कार्यदलमा सदस्यहरुनै अनुपस्थित हुने क्रम सुरु भएको छ । मंगलबार बसेको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन् भने आज बस्ने तय भएको कार्यदलको बैठकमा पनि मुख्यमन्त्री पोखरेलको अनुपस्थितीका कारण स्थगित भएको छ । राजीनामा दिने अन्तिम निश्कर्षमा पुगेका नेपाल पक्षलाई पार्टीको संगठन २०७५ जेठ २ गतेको अवस्थामा लैजान प्रधानमन्त्री ओलीले सहमती जनाउँदै कार्यदल बनाएपछि राजीनामा रोकिएको थियो ।

मंगलबार बसेको पहिलो बैठकले पार्टी पङ्क्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आव्हान गरेको थियो । कार्यदलको सोही बैठकले कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्र निर्धारण गर्ने गरि सकिएको थियो भने आजको बैठकले कार्यविधि, आचारसंहिता र कार्यक्षेत्र बारे छलफल हुने र पारित गर्ने भनिएको थियो । बैठकमा सबै सदस्यहरु उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको बैठकमा सहभागी एक नेताले बताए। बैठक भोलि साँझ ५ बजे बस्ने बताइएको छ ।

पार्टी भित्रको अन्तरविरोधको समाधान गर्न एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जना गरी १० सदस्यीय कार्यदल बनाइएको छ । मंगलवार पहिलो बैठक बसेको कार्यदलको समयावधी तीन दिनको रहेको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् भने वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ४५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन